Websoft University

उर्लाबारीमा वाम गठबन्धनको चुनावी गतिबिधि तीब्र

उर्लाबारी, मंसिर १ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेद्वारहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन् । एमाले र माओबादीबीच चुनावी तालमेलसँगै उम्मेद्वारहरुले चुनावी गतिबिधि बढाएका हुन् । मोरङ क्षेत्र नं. १ (क) अन्तरगत उर्लाबारीमा शुक्रबार आधा दर्जन स्थानहरुमा चुनाबी सभा कार्यक्रम भएका छन् ।

उर्लाबारी–२ को माथिल्लो डुमे्रमा र  उर्लाबारी–३ मा संयुक्त वडा भेला भएको छ भने  युवा, बुद्धिजिबी र  महिला भेला पनि भएको छ । त्यस्तै, मिक्लाजुङ वडा नं. ८ मा वडा कार्यालय उद्घाटन गरिएको छ । वाम गठबन्धनतर्फबाट मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) सहित नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठलगायतको टिम चुनाबी सभामा ब्यस्त रहेको छ ।

उनीहरुले वाम गठबन्धनलाई जिताउन अपिल गर्दै भोट मागिरहेका छन् । माओबादीका युवा नेता तथा उम्मेद्वार कुशलले समाजवादका लागि वाम गठबन्धन गरिएको उल्लेख गर्दै आफूहरुले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । वाम गठबन्धनले जिते पाँच बर्षभित्र देश समृद्ध बन्ने उनको भनाई  छ । उनले स्थायी सरकार र दिगो विकासका लागि एक पटक वामपन्थी गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् ।

जनतालाई झुटो आश्वसन आफूले नदिएको उल्लेख गर्दै मोरङ क्षेत्र नंं. १ मा वामगठबन्धनले जिते विकासको लहर लाग्ने उनको दाबी छ ।  त्यस्तै, नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले एमाले र माओबादीको चुनाबी तालमेल सकारात्मक भएको भन्दै यस पटकको निर्वाचनमा वामपन्थीहरुलाई दुई तिहाई बहुमत दिनु पर्ने बताएका छन् । ‘जनताले अब विकास र समृद्धी चाहेका छन्, त्यो वाम गठबन्धनको नेतृत्वमा मात्र पूरा हुन सक्छ’ उनले भने–‘ अब आमूल परिर्वतनका लागि वाम गठबन्धनलाई मत दिनुहोस् ।’

एमालेका सचिवालय सदस्य मानबहादुर श्रेष्ठले पनि  वामपन्थी उम्मेद्वारलाई जिताउन अपिल गरेका छन् । यसैबीच मोरङ क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार घनश्याम खतिवडा र (ख) प्रदेश सभा सभा सदस्य उम्मेद्वार उपेन्द्र घिमिरेले पनि चुनाबी कार्यक्रमलाई तीब्र पारेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.