Websoft University

बरगाच्छी देखी रोडशेष सम्मको सडक समस्या समाधान हुने


बिराटनगर, मंगरि १ गते । रातो तारा डट कम,विराटनगर महानगरको बरगाच्छी देखी रोडशेष सम्मको सडक समस्या समाधान हुने भएको छ ।.महानगर र ब्यापारिक मार्ग बिस्तार आयोजना (सिक्सलेन)का प्रतिनिधीसहितको टोलीले सडक समस्या समाधान गर्ने सहमति गरेका हुनु ।

तत्कालका लागि बरगाछी देखी रोडशेष सम्म ८ मिटर चौडा सडक द्रुत गतिमा पिच गर्ने सहमति भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु भयो । सडक चौडा सडक निर्माण भए संगै सडक केहिदसम्म सहज हुने अनुमान गरिएको छ ।

छलफलमा मेयर भीम पराजुली, सिक्सलेन
परियोजनाका प्रमुख बिनोदकुमार मौवार,महानगरका प्रमुख प्रशासकिय प्रमुख प्रदिप निरौला,इन्जिनियर घनेश्याम काफ्ले इन्जिनियर हर्क प्रधान रहनु भएको थियो ।

यसै गरी महानगरले परियोजनाको काममा समन्वय गर्न महानगरबाट इन्जिनियर घनेश्याम काफ्ले र परियोजनाका तर्फवाट इन्जिनियर हर्क प्रधानको दुइसदस्य समन्वय
टोली समेत बनाएको छ।

पटक पटक ब्यापारिक मार्ग विस्तार आयोजना
( सिक्सलेन ) का पदाधिकारीह?लाई महानगरले समस्या समाधान गर्न आग्रह गरेको थियो । लामो समय सम्म समस्या समाधान नभए पछी महानगरले खाल्डा खुल्डी पुर्ने र सडकमा पानी हालेर धुलो नियन्त्रण गर्ने काम गर्दे आएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.