Websoft University

भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न


बिराटनगर कार्तिक ६ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंगको आयोजनामा पूर्वाञ्चलको समग्र वस्तु स्थिति लगायत नेपाल र जापान बीच औद्योगिक नीजि क्षेत्रको विस्तारका सम्बन्धमा नेपालका लागि जापानी राजदूत मासासि ओगावाका साथ भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको कुरा  प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

भेटघाट तथा छलफलमा संगठनका अध्यक्ष मुकेश उपाध्यायले वर्तमान अवस्थामा विराटनगर लगायत पूर्वाञ्चल क्षेत्र र नीजि क्षेत्र, औद्योगिक व्यवसायिक तथा समग्र आर्थिक विकासमा दुई देश बीचको सम्बन्ध विस्तारका लागि अन्तर्राष्ट्रिय स्तरको ट्रेड फेयर औद्योगिक प्रदर्शनीहरुमा सहभागि हु“दा  आपसी सम्बन्ध प्रगाढ हुनुका साथै आर्थिक विकासमा समेत मद्दत पुग्ने बताउनु भयो ।

अध्यक्ष उपाध्यायले जापानमा उच्च प्रविधिबाट चलेका उद्योगहरुको प्रतिनिधि मण्डलले यस क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गरि उद्योग स्थापना र यस क्षेत्रका उद्योगीहरुलाई प्रोत्साहन स्वरुप उच्च प्रविधि युक्त उद्योग÷व्यवसायको अवलोकन भ्रमणका लागि महामहिम समक्ष आग्रह गर्नुभयो । सोही क्रममा संगठनले प्रदर्शनी स्थल निर्माणका लागि लिएकोे जग्गामा अत्याधुनिक प्रदर्शनी स्थल निर्माणमा जापान सरकारका तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गर्दै अध्यक्ष उपाध्यायले राजदूतलाई एक पत्र हस्तान्तरण गर्नु भयो ।

भेटघाटमा संगठनका पूर्व अध्यक्ष अशोक मुरारकाले नेपालमा उत्पादित वस्तुहरु जापान निर्यातका लागि पहल हुनका साथै जापान सरकारको सहयोगमा निर्मित वर्दिवास सिन्धुलि मार्गबाट ठूला सवारी साधन आवागमनका लागि समेत अनुरोध गर्नु  भयो त्यसैगरि संगठनका कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छाले नेपालमा जापान सरकारबाट पूर्व पश्चिम रेल सञ्चालनका लागि सहयोग भएमा नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने  बताउनु भयो ।


राजदूतले संगठनबाट प्राप्त पत्र तथा सहभागिहरुबाट आएको जिज्ञासाका लागि आफूबाट हुने सक्दो सहयोग तथा सम्बन्धित निकायमा पहल हुने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्दै पहिलो चरणमा दुवै देशको औद्योगिक भ्रमणकालागि आफूबाट जति सक्दो चांडो पहल हुने कुरा जानकारी गराउनु  भयो ।

कार्यक्रममा राजदूतबाट नेपालको अरु औद्यागिक क्षेत्र भन्दा मोरंग÷सुनसरीे औद्योगिक करिडोरको शान्ति सुरक्षा र औद्योगिक वातावरण सन्तोषजनक रहेको र यसका लागि उद्योग संगठन मोरंगको भूमिका महत्वपूर्ण रहेको हु“दा भविष्यमा यस कार्यमा संगठन अग्रसर रहोस् भनी धन्यवाद दिनु भयो । साथै उहा“ले नेपाल स्थित रानी भन्सार र बिभिन्न उद्योगहरु लगायत संगठनले प्रदर्शनी स्थलको लागि लिएको जग्गाको समेत निरीक्षण गर्नु भयो ।

कार्यक्रममा संगठनका अध्यक्ष मुकेश उपाध्याय, पूर्व अध्यक्ष अशोक मुरारका, वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, उपाध्यक्षहरु सुयश प्याकुरेल, राज कुमार गोल्छा, कार्यकारिणी समिति सदस्यहरु नन्द किशोर राठी, सुरेन्द्र गोल्छा, राकेश सुराना, सुबोध कोईराला, उद्योगी÷व्यवसायिहरु मोती दुगड र किशन तोदीको सहभागिता रहेको थियो ।
२०७४ कार्तिक ०६ गते, सोमवार
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.