मोरङ, कार्तिक ६ गते । रातो तारा डट कम,
किर्तेगरी नागरिकता निकाल्ने मोरङ पथरीशनिश्चरे नपा—६ का दुई जना प्रहरी नियन्त्रणमा परेका छन् ।
यसरी पक्राउ पर्नेमा किर्ते नागरिकता निकाल्ने २२ बर्षिय गौरव चन्द्रवंशी र नाताले काका परेपनि बाबु बनेर नागरिकता दिने ६२ बर्षिय कृष्टि चन्द्रवंशी रहेका छन् ।
कार्तिक २ गते पक्राउ परेका दुवैजनालाई ५ गते नेपाली नागरिकता ऐन २०६३ को दफा १२ अनुसार मुद्धा चलाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घट्ना विवरण अनुसार गौरवले पथरीशनिश्चरे ६ नं. वडा अध्यक्ष जय तामाङबाट गत भाद्र १४ गते काकालाई बाबु बनाएर जन्म दर्ता गरेको र सोही आधारमा २५ गते नागरिकताको लागि सिफारिस लिएका थिए ।
त्यसको केहीदिन पछि इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेबाट गौरवले ०५०२—७४—०४४१३ नम्बरको नागरिकता निकालेका थिए । किर्ते बाबु बन्ने काका कृष्टि चन्द्रवंशीले भने २०६४ बैशाख १८ गते सुनसरीको भोक्राहा गाविसबाट १९८÷४१४ नम्बरको नागरिकता लिएको देखिन्छ। किर्ते नागरिकतामा इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेका अधिकृत पुर्षोतम घिमिरेलेले हस्ताक्षर गरेका
छन ।
उक्त नागरिकता बारे खुलासा भएपछि असोज २९ गते नै वडा अध्यक्ष जय तामाङले वडाको पत्र सहित नागरिकता बारे झुटो विवरण दिएर सिफारिस लिएको भन्दै खारेजीको लागि इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेमा सूचना दिएको अध्यक्ष जय तामाङको भनाइ छ । झुटो विवरण दिएर किर्ते नागरिकता सिफारिस भएको बारे आफूलाई वडा सचिव (खरदार) मिना बर्माले जानकारी दिनासाथ इलाका प्रशासनमा जानकारी दिएको वडा अध्यक्ष तामाङले बताए ।
किर्ते नागरिकता निकाल्ने गौरवको असली बाबू खोमेन चन्द्रवंशी हुन् । बाबुको जन्मसिद्ध नागरिकता भएको र काका कृष्टिसँग वंशजको भएको कारण वंशजको लागि काकालाई बाबु बनाएको प्रहरी नियन्त्रणमा रहेको गौरवले बताए ।
नागरिकता निकालेपछि राहदानी समेत निकालीसकेका गौरवको आज(६) गते बैदेशिक रोजगारीको लागि मलेसिया उडान रहेका थिए । वंशजको नागरिकताको लागि भतिजलाई छोरा बनाउन तयारहुने कृष्टिले घुम्ति टोलीमा दाजुको जन्मसिद्ध र आफ्नो निकाल्दा वंशजको निकाले बताए ।
झुटो विवरण दिएर नागरिकताको सिफारिस बनाइदिने, नागरिकता दिने, जनप्रतिनिधि र कर्मचारी सवैलाई कारबाही हुनुपर्ने एकाथरीको माग रहेको छ । यद्यपि इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले अनुसन्धानमा ढिलाई भइरहेको तथा मुद्धा फितलो बनाउन आर्थिक चलखेल भइरहेको आरोप लागेको छ । यद्यपि ६ नम्बर वडा अध्यक्ष जय तामाङले भने आफूमाथि चुनावी प्रतिशोध साँध्न खोजिएको बताए ।
तामाङ नेपाली कांग्रेसबाट बागी उमेद्वारको रुपमा वडा अध्यक्ष निर्वाचित भएका हुन् । नागरिकता केसमा आफूले किर्ते भएको सूचना पाउनेसाथ इलाका प्रशासन र प्रहरीमा आफै जानकारी दिएर किर्ते गर्नेहरु विरुद्ध मुद्धा बलियो बनाउन पहल गरिरहदा पनि जवरजस्ति फसाउन खोज्नु निर्वाचनको प्रतिशोध साँध्न खोजेको तामाङले बताए ।
Post a Comment