मोहन कुमार राई-कार्तिक ७ गते । रातो तारा डट कम,
संखुवासभा जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको उमेदवारी दर्ता सँगै दलहरुले आफ्नो चुनावी गतिविधिलाई तीब्रता दिएका छन् ।
संखुवासभाको उत्तरी नाका चीनसँग जोडिएको किमाथांकाबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका उमेदवार पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री दिपक खड्काले चुनावी अभियानलाई शुरु गर्दै जिल्लाका सम्पूर्ण गाउँवस्तीहरुमा पुगेर मत माग्ने अभियानका क्रममा उत्तरी क्षेत्रको विभिन्न गाउँ वस्तीहरुमा भोट माग्ने रहेको प्रदेश सभाको नेपाली काँग्रेसका उमेदवार टंक प्रसाद राईले जनाएका छन् ।
१ लाख ५ हजार मतदाता संख्या रहेको संखुवासभा जिल्लाका लागि १ सय ३ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र रहेको मुख्य निवार्चन अधिकृतको कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा गरी संखुवासभाका लागि १० दल र स्वतन्त्र गरी ३० जनाको उमेदवारी परेकोमा प्रतिनिधिसभाको लागि नेपाली काँग्रेसबाट दिपक खड्का र बाम गठबन्धनका उमेदवार नेकपा एमालेका राजेन्द्र गौतम्ले उमेदवारी दिएका छन् । यसै गरी स्वतन्त्र उमेदवारको रुपमा डा.गुप्त बहादुर श्रेष्ठ र बालकुमार राईको उमेदवारी परेको छ ।
यता प्रदेश सभाका लागि संखुवासभा निवार्चन क्षेत्र नं. १ –क) मा नेपाली काँग्रसका टंक प्रसाद राई बाम गठबन्धनका साझा उमेदवार पुर्ण प्रसाद राईले उमेदवारी दिएका छन् । यसैगरी जिल्लाकै क्षेत्र नं. २ (ख) मा नेपाली काँग्रेसबाट दिपक कुमार लिम्बू र बाम गठबन्धनका नकपा एमालेबाट तुलसी प्रसाद न्यौपानेलाई उमेदवारी बनाएको छ । जिल्लाका क्रियाशील अन्य दलहरु र स्वतन्त्र गरी २ दर्जन बढीको उमेदवारी परेको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेशसभाका उमेदवार दीपक लिम्बू आजैबाट संखुवासभाचको व्यापारीक केन्द्र एवं पुरानो सदरमुकाम चैनपुरबजारबाट चुनावी अभियानलाई शुरु गरेको छ ।
आजैबाट नेपाली काँग्रेस संखुवासभाले प्रतिनिधि सभा र प्रदेश सभाका आ–आफ्ना उमेदवारहरुलाई विजय गराउन सम्पूर्ण रुपबाट पार्टीको संगठनलाई परिचालन गरिने नेपाली काँग्रेस जिल्ला पार्टी सभापति दिपन कुमार श्रेष्ठले नेपाली काँग्रेस क्षेत्रीय समितिको अगुवा कार्यकर्ता भेलामा वताउनु भयो ।
५ सय १ प्रचार समिति काँग्रेसले ग¥यो
नेपाली काँग्रेस क्षेत्र नं २ द्धारा आयोजित चुनाव प्रचार प्रसार समितिद्धारा चुनावको रणनीतिक भेला सम्पन्न गरेको छ ।
चुनाको प्रचार प्रसार समितिको मूल संयोजक शंकरमान कँडेललाई ५ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
यसै गरी चुनाव व्यवस्थापन समिति ज्ञानबहादुर कार्कीको संयोजकत्वमा गठन गरिएको छ यसै गरी युवा , भातृ संस्था, सुभेच्छुक संस्थाको संयोजक कुमारबाबु अधिकारीको संयोजकत्वमा गठन गरिएको छ ।
सो भेलाले चुनाी कार्यक्रमको नियमित गतिविधिगर्ने गरी संयोजकमा पदम अधिकारी र सह संयोजकमा मोहन कुमार राईलाई तोकिएको छ ।
पार्टीको जिल्ला सभापति दीपन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सभापतित्व क्षेत्र नं. २ का पार्टी सभापति एवं प्रदेश सभाका उमेदवार दिपक लिम्बूको सभापतित्वमा सम्पन्न गरेको नेपाली काँग्रेसका क्षेत्रीय समितिले जनाएको छ ।
Post a Comment