Websoft University

२५ हजार घुससहित सव-इन्जिनियर पक्राउ

काठमाडौ -गोरखा भाद्र १२ गते । रातो तारा डट कम,
भूकम्प पीडितसँग घुस लिइरहेको अवस्थामा गोरखाको पालुङटार नगरपालिकाका सव-इन्जिनियर सुनिल देवकोटा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले देवकोटालाई आइतवार २५ हजार घुससहित पक्राउ गरेको हो ।

भूकम्प पीडितलाइ उपलब्ध गराइने दोस्रो किस्ताको अनुदान रकम उपलब्ध गराउन सव(इन्जिनियरले पीडितसँग घुस मागेको खुल्न आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले बताए ।

‘पीडितले दोस्रो किस्ताका लागि धेरै पहिले निवेदन दिएका रहेछन्,’ प्रवक्ता ढकालले भने, ‘तर सव(इन्जिनियर देवकोटाले भने रकम मागेर धेरै समय झुलाएका रहेछन् ।’ घुस लिदै छन् भन्ने गोप्य सूचनाको आधारमा पोखराबाट टोली गएर पक्राउ गरिएको उनले बताए ।

देवकोटालाइ अख्तियार टोलीले पक्राउ गरेर पोखरा लगेको छ । त्यस्तै अख्तियारको टोलीले पालुङटार नगरपालिकाका कार्यकारी अधिकृत राकेश गुरुङलाइ पनि सोधपुछ गरेर छाडेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.