Websoft University

बाढीबाट सबै पाठ्यसामग्री नष्ट भए

झापा भदौ १२ गते । रातो तारा डट कम,
झापामा आएको बाढीका कारण एक हजारभन्दा बढी विद्यार्थीको पाठ्य सामग्री नष्ट भएको छ ।

नदी÷खोलामा बाढी विद्यालय र बस्ती पस्दा विद्यार्थीको पाठ्य पुस्तक नष्ट भएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले जानकारी दिनुभयो ।

बाढी प्रभावित क्षेत्रका विद्यालयबाट विद्यार्थीको नामसहितको विवरण आइरहेकाले पुस्तक व्यवस्थापन गर्ने तयारी भइरहेको छ । विद्यालयमा आश्रय लिएर बसेका अधिकांश बाढीपीडित फर्किसके पनि पाठ्य सामग्री नष्ट भएका कारण पठनपाठनमा समस्या भएको छ ।
यसैबीच जिशिकाले जिल्लाका ५६ विद्यालयको निरीक्षण गर्दा २५ विद्यालय बढी प्रभावित भएको पाइएको विष्टले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै झापा गाउँपालिकाका १५ विद्यालयका करिब छ सय विद्यार्थी प्रभावित भएका छन् । झापा गाउँपालिकामा रहेको जुडो आधारभूत विद्यालयको डेस्क बेञ्चसहित पाठ्य सामग्री बगाएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सरस्वती आधारभूत विद्यालय मेचीनगर, शान्ति आधारभूत विद्यालय दुवागढी, दिपिनी मावि दमक, गौरीशंकर मावि बाह्रदशीलगायत विद्यालयमा क्षति पुगेको जिशिकाले जनाएको छ । बाढीका कारण जिल्लाभरका विद्यालयमा रू ४० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.