Websoft University

बिमा सतमितिले, बिमा शुल्क दर घटायो


काठमाडौं,असार २३ गते  । रातो तारा डट कम,बिमा सतमितिले अग्नी, सामुन्द्रिक र अन्य बिमा अन्तरगत हुलदंगा, हड्ताल आतंककारीको बिमा शुल्क दर घटाएको छ । घटाएको दर भने साउन १ गतेबाट लागु हुने समितिले उल्लेख गरेको छ ।

हाल अग्नि बिमा अन्तरगत गरिने भवन तर्फको हुलदंगा, हड्तालको बिमा शुल्क दर प्रतिहजार रुपैयाँबराबर ०।२६ रुपैयाँ रहेकोमा यो दर घटाएर रू। ०।०२ मा झारिएको छ । बिमा शुल्क गणनाको क्रममा अब हुलदंगा, हड्तालको लागि कम्पनीहरुले साउनबाट नयाँ दर लगाउनुपर्ने भएको हो ।

त्यस्तै, वेयर हाउसमा यो शीर्षक अन्तरगत पहिले प्रतिहजार रू।०।४४ देखि रू।०।८० प्रतिशत तिर्नुपर्ने व्यवस्था रहेकोमा अव रू। ०।३५ देखि रू। ०।६० शुल्क तिर्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार यो शीर्षक अनुसार कलकारखानाको लागि यो शीर्षक अन्तरगत रू। ०।४० , पसल स्टोरको लागि रू। ०।८०, मनोरञ्जन स्थल रू। ०।५  र सञ्चार स्थलको लागि रू। ०।३५  तोकिएको छ ।

त्यस्तै व्यक्तिगत दुर्घटनाको लागि १० लाख देखि १० लाखभन्दा बढिको बिमांकमा रू। ०।१० देखि रू। ०।२५ शुल्क लाग्ने गरेकोमा अब २० लाख देखि २० लाखभन्दा बढिको बिमांकमा मात्र यी दर लागु हुने भएका छन् । समितिले अन्य विविध शीर्षकमा पनि दर समायोजन गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.