Websoft University

संविधान कार्यान्वयनको ठोस आधार तयारःनेम्वाङ

इलाम,असार २३ गते । रातो तारा डट कम,नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको बताउनुभएको छ ।

इलाम नगरपालिकामा हिजो आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा उहाँले तोकिएकै समयमा प्रदेश नं २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसभामुखसमेत रहनुभएका नेता नेम्वाङले संविधानले तोकेको समय सीमा भित्रै निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत नवराज दाहालले इलाम नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्षलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।
सपथ ग्रहणपश्चात प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले पदभारसमेत ग्रहण गर्नुभयो ।

वडा सदस्यलाई नगर प्रमुख महेश बस्नेतले सपथ गराउनुभयो। नवनिर्वाचित पदाधिकारीलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले स्वागत गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.