Websoft University

विषादीयुक्त तरकारी खान बाध्य छन्–उपभोक्ता



काठमाडौ -दाङ, साउन १५ गते । रातो तारा डट कम,
खानयोग्य छ वा छैन भन्ने जानकारीको अभावमा यहाँका उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य भएका छन् ।

किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, कीरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् ।

विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि यहाँ बढेको छ । जसकारण उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य भएको जानकार बताउँछन् । तरकारीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले मन्द विषसेवन गरिरहेको कृषि प्राविधिक माधव केसीले बताउनुभयो ।

अत्यधिक विषादी प्रयोग भएका हरियो तरकारी खाँदा अल्पकालीन र दीर्घकालीन रोग निम्त्याउनसक्ने भएकाले यसतर्फ उपभोक्त र किसानलाई सचेत गराउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

तरकारीको नियमन गर्ने निकाय कृषि विकास कार्यालय रहेको र हालसम्म ती कार्यालयले बजारमा विषादीयुक्त तरकारी बिक्री बितरण भइरहेको छ, छैन् भन्ने सम्बन्धमा कुनै अनुगमन गर्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताउनुभयो ।

स्थानीय निकायसँग सहकार्य गरी सो कार्यालयले तरकारीको गुणस्तर परीक्षण र बजार अनुगमन गर्नुपर्ने हो, यस सम्बन्धी बेला बेलामा कुरा उठने त गर्छ तर यसको कार्यान्वयन हुन सकेको छैन, उहाँले भन्नुभयो– “जसले गर्दा सर्वसाधारणले कस्तो खाले तरकारी प्रयोग गर्ने र कस्तो नगर्ने भन्ने जानकारी नै हुन सकेको छैन् ।

कृषि विकास कार्यालय दाङले तरकारीको गुणस्तर परीक्षण गर्न नसकिएको स्वीकार गरेको छ । कार्यालयका बालीसंरक्षण अधिकृत पिताम्बर बस्नेतले तरकारीको गुणस्तर परीक्षण गर्ने उपकरण र जनशक्ति नभएका कारण यसको परीक्षण हुन नसकेको बताउनुभयो ।

अहिले नेपालगञ्जमा तरकारीको गुणस्तर परीक्षणका लागि प्रयोगशाला निर्माण हुन लागेको छ, उहाँले भन्नुभयो – निकट भविष्यमै दाङमा पनि तरकारीको गुणस्तर परीक्षण सेवा सुरु गर्ने छौं।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.