Websoft University

सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने


उर्लाबारी (मोरङ) साउन १५ गते । रातो तारा डट कम,
बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ ।

आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र उपयोग हुँदै आएको सो क्षेत्रलाई अब नयाँ अवधारणाका साथ जीव तथा पक्षीको अनुसन्धान केन्द्रका रुपमा विस्तार गरिने छ ।

आन्तरिक पर्यटकका लागि एउटा गन्तव्यका रुपमा विकास भइरहेको सिमसार क्षेत्रमा बाह्य पर्यटकसमेत तान्नका लागि विभिन्न कार्ययोजना बनाउन थालिएको उहाँले बताउनुभयो । बेतना सिमसार अवलोकन गर्न सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । अवलोकनका लागि दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेकाले सिमसार क्षेत्रभित्र आकाशे पुल, झोलुंगे पुल र पौडीपोखरी निर्माण गर्ने कार्ययोजना तयार गरिएको व्यवस्थापन समितिले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.