Websoft University

टुडिखेलमा नेपाली काँग्रेसको चुनावी आमसभा सम्पन्न



मोहन कुमार राई-संखुवासभा, असार १० गते । रातो तारा डट कम,संखुावसभाको चैनपुर स्थित खुल्ल्ला टुडिखेलमा नेपाली काँग्रेसको चुनावी आमसभा सम्पन्न भएको छ ।

सभालाई नेपाल सरकार पूर्व उप–प्रधानमन्त्री एवं नोपाली काँग्रेसका पूर्व महामन्त्री वरिष्ठ नेता प्रकाशमान सिंहले चुनावी सभालाई सम्बोधन गर्नुहुँदै देशमा दिगो शान्ति र संविधान कार्यान्वयनका लागि स्थानीय निकायमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गर्नुहुँदै संखुवासभा जिल्लाको विकासको सम्भावना बोकेको जिल्लाको रुपमा रहेकोले देशको अर्थतन्त्रमा उल्लेखिय भूमिका खेल्न सक्ने वताउनुभयो ।

सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य जीवन परिवारले जिल्लाका ५ नगरपालिका  ५ गाउँपालिका प्रमुख उपप्रमुख सहित वडाहरु जिताउन अग्रह गर्नुहुँदै सिंहदरवारको अधिकार गाउँवस्ती सम्म जनताका लागि ल्याउन काँग्रेस प्रतिवद्ध भएको वताउनुभयो ।

कार्यक्रममा व्यवस्थापिका सदस्य एवं पूर्व राज्यमन्त्री दीपक खड्काले कार्यक्रमलाई संवोधन गर्नुहुँदै संखुवासभामा नेपाली काँग्रेसका उमेदवारहरुलाई जिताउनहोस हामी संखुावसभा जिल्लालाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्नुहुँदै संखुवासभाका ५ नगरपालिका र ५ गाउँपालिकामा काँग्रेसका उमेदवारलाई जिताउन अनुरोध गर्नृभयो ।

कार्यक्रममा पार्टी जिल्ला सभापति दिपन कुमार श्रेष्ठ , चैनपुर नगरपालिका मेयरका मउेदवार शंकरमान कँडेले वोल्नुभएको थियो । कँडेलले चुनावी आमसभालाई संम्बोधन गर्नुहुँदै शिक्षा, स्वास्थ्य, र खानेपानी , लगायत चैनपुरमा विमानस्थल निमार्ण गर्न आफु प्रतिवद्ध रहेको वताउनुभयो ।

दीपक लिम्बूको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रम सञ्चालन युवा नेता कुमारबाबु अधिकारी,गरेका थिए । कार्यक्रम शुरु हुन अघि विशाल ¥याली ले चैनपुर बजार परिक्रमा गरेको थियो ।

यसैगरी आजै संखुवासभाको तुम्लीङ्कटारमा समेत पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चुनावी आमसभालाई संवोधन गर्नुभएको थियो ।

सो कार्यक्रममा सिंहले देशकै चर्र्चित अरुण उपत्यकामा रहेको यो खाँदवारी नगरपालिकाका मेयरका उमेदवार  महेश थपलिया, उपमेयर निरु वस्नेत सहित नगरपालिकामा काँग्रेसलाई जिताउन आग्रह गर्नु हुँदै अरुण तेस्रो आयोजना, जोगमनी –किमाथांका नाका सडकलाई अन्तराष्ट्रिय बजारसम्म जोड्न काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

त्यसै गरी पूर्व स्वास्थ्य मन्त्री तारामान गरुङ्क, पार्टी सभापति दिपन कुमार श्रेष्ठ सहित मेयरका उमेदवारहरुले काँग्रसलाई मत दिन  आग्रह गर्नुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.