Websoft University

एमालेको विजयलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली



आर पोख्रेल -उर्लाबारी-मोरङ,असार १० गते । रातो तारा डट कम,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

नेकपा (एमाले) मोरङको उर्लाबारी नगर संगठन कमिटीले आज दिउँसो आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पहिलो चरणको भन्दा दोश्रो चरणको निर्वाचनमा एमाले अत्याधिक तहमा विजयी हुने दाबी गर्नुभयो । एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झण्डा प्रयोग गरेको भन्दै ओलीले भन्नुभयो – राष्ट्रिय झण्डा च्यातिदा चुप लागेर बस्ने अनि एमालेले उठाउँदा आपत्ति जनाउने ।

यो निर्वाचनमा एमालेले जित्नेमा कुनै शंका नरहेको भन्दै उहाँले भन्नुभयो – उर्लाबारीको समग्र विकाशका लागि गुरुयोजना बनाएर एमाले अघि बढ्छ । हिजोका दिनमा मावा र बक्राहा खोला उर्लाबारीको पिडाको विषय बनेको भन्नुहुँदै ओलीले अब ती पिडाका विषय नरहने र त्यसलाई नियन्त्रण गरेर लाभ लिन सकिने धारणा राख्नुभयो ।

आफुले देश बनाउने कुरा गर्दा विपक्षी दलहरुले अनेकथरी आरोप लगाएको भन्दै ओलीले भन्नुभयो – हामी विकाश निर्माणको कुरा गर्छौ, उनीहरु त्यसलाई उखान टुक्का बुझ्छन् । नेकपा एमालेले झुट र बेईमानीको राजनीति नगर्ने भन्दै ओलीले देश बनाउने संकल्प बोकेर हिडेकै कारण आफ्नो पार्टी कसैसँग पनि नझुक्ने बताउनुभयो ।

सभामा एमाले केन्द्रिय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, एमाले सल्लाहकार सदस्य घनश्याम खतिवडाले पनि आफ्नो धारणा राख्नुभएको थियो । सभामा उर्लाबारीको नगर प्रमुख पदका उम्मेद्वार भुपालसिंह जिमी र उपप्रमुख पदकी उम्मेद्वार लक्ष्मी भण्डारीले आफ्ना प्रतिबद्धताहरु राख्नु भएको थियो ।

सभा निर्वाचन परिचालन कमिटीका संयोजक मानबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.