Websoft University

दलहरु बीच सहमति र सहकार्य गर्न आवश्यकछ : देव गुरुङ


अमृत बास्तोला- तेह्रथुम, असार, १० गते । रातो तारा
डट कम,ष्ट्रियमा संकट पैदा भएकाले राष्ट्रिय स्वाधीनता जोगाउनका लागि दलहरु बीच सहमति र सहकार्य गर्न आवश्यक भएको नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य देव गुरुङले बताउनु भएको छ ।

तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली काँग्रेस, माओवादी गठबन्धनको सभालाई सम्बोधन गर्दै गुरुङले एमाले घटक दलका कारण राष्ट्रिय संकटमा पर्दै गएको उल्लेख गर्नु भएको हो  ।

एमालेले पहाडे अहङकार वादलाई चम्कारए देश टुक्रयाउन खोजेको गरुङको आरोप लगाउनु भयो । मुलुकमा राजतन्त्रको समाप्त भएपनि गणतन्त्र स्थापनाको प्रक्रियालाई संस्थागत गर्नका लागि प्राप्त संविधानलाई कार्यन्वयन र स्थानीय तहको निर्वाचन सफल बनाउनु पर्ने गुरुङको भनाई
छ ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सांषद सिता गुरुङले संघर्षबाट विकास सम्भव भएकाले यसलाई सार्थक निर्कषमा पु¥याउनका लागि काँग्रेसको नेतृत्व आवश्यक भएको बताउनु भयो । देशमा गम्भिर अवस्था सृजना भएकाले राष्ट्रिय बचाउन, लोकतन्त्रको मुल्य र मान्यता जोगाउन राजनीति भन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकाता आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय प्रतिनिधि तथा सांषद जग्दिस नरसिंह केशीले एमालेले मुलुकलाई विखण्डन तर्पm लैजाने राष्ट्रियवाद नेपाली जनतालाई मान्य नुहने बताउनु भयो ।
कार्यक्रमा सांभाषद गणेश विमलीले एमाले भ्रमको खेती गरेर देशलाई प्रतिगमन तिर लगोकाले देशलाई अग्रगमनमा लैजनान काँग्रेस माओवादीको आवश्यक रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रमा पूर्व सांषद शुसिला कन्दङवा, नेपाली काँग्रेसका जिल्ला सभापति गोविन्द ढुङ्गाना केदार, नेकापा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागाई लागायतका नेताहरुले सम्बोधन गरेका थिए ।

आठराई गाउँपालिकाको अध्यक्षपदका उम्मेदवार नारायणकुमार ईङनाम र उपाध्यक्षका उम्मेदवार रमिला खनालले आठराई सम्बृधिकालागि प्रतिबद्धता व्याक्त गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.