Websoft University

माओवादी केन्द्र उर्लाबारी नगरको उम्मेदवारमा भूमिप्रसाद पाठकको नाम घोषणा



अर्जुन जम्नेली राई- पथरी, मोरङ जेठ १३ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)को मोरङ उर्लाबारी नगरपालिकाको उम्मेदवारी आज शनिबार एक कार्यक्रमको आयोजना गरी  भूमिप्रसाद पाठकको नाम घोषणा भएको छ।


माओवादी केन्द्रले नगरको लागि मेयरमा राजेन्द्र पौडेल, उपमेयरमा धनमाया धिमाललाई प्रतिस्पर्धामा पठाउने भएको छ । वडा अध्यक्षहरुमा १ देखि ९ वडामा क्रमस चेतराज श्रेष्ठ, पदम राई, ईन्द्र माखिम, मिलन दाहाल, लोकनाथ पौडेल, श्यामबहादुर बस्नेत, राजन दाहाल, रामप्रसाद धिमाल र अमर सेलिङ्लाई उमेद्वार घोषणा गरेको छ ।

उर्लाबारी मंगलबारे स्थित धिमाल विकास केन्द्रमा बृहत कार्यक्रमको आयोजना गरी उमेद्वार घोषणा गरेका थिए । पार्टी केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज कुसल लिम्बू, पोलिटब्युरो सदस्य गणेश उप्रेती (शुसिल), केन्द्रीय आयोजक समिति सदस्य लक्ष्मी पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा मेयरका उमेद्वार राजेन्द्र पौडेलले प्यानलले जित्ने गरी लाग्नुपर्ने बताए । उक्त कार्यक्रममा पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव अर्जुन किरातीको समेत उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.