बिराटनगर,जेठ १३ गते । रातो तारा डट कम,क्षेत्रिय निर्वाचन कार्यालय बिराटनगरले आज एक दिने स्थानिय तह निर्वाचन २०७४ अनुसार दलको प्रमुख तथा प्रतिनिधि पत्रकार सरोकारवालाहरु सुरक्षा कर्मी र अन्या सरोकारवालाहरुलाई समाबेश गरेर प्रशिक्षण - अन्तरकृया कार्याक्रमको आयोजना गरेको थियो । बदररहित मतदान प्रणालीको जानकारी दिने उदेस्यले कार्याक्रम सन्चालन भएको थियो ।
जेठ ३१ गते हुँन लागेको स्थानिय तह को निर्वाचनमा मतपत्र बदर नहोस भनेर गरिएको यस अन्तरकृया कार्याक्रमका अध्यक्ष तथा न्याधीश प्रमुख निर्वाचन अधिकृत बिनोद कुमार पोखरेलले कार्याक्रमको उदघाटन गर्दै भन्नु भयो, यो दोस्रो चरणको निर्वाचन शान्तिमय बनाउन सबै राजनीतिक दल सरोकारवाला सुरक्षाकर्मीहरुले आ आफनो ठाउबाट सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
अन्तरकृय तथा प्रशिक्षण कार्याक्रममा क्षेत्रीय निर्वाचन अधिकृत प्रेम प्रसाद सन्जेले उपस्थित सबैलाई स्वागत गर्दै प्रशिक्षण दिनु भएको थिया ।
यो दोस्रो चरणको निर्वाचनमा सबैले मतपत्रमा छाप हान्ने राम्रो संग फोल्डिग गर्ने मत पेटीकामा खसाउने तरिकाले सम्मको प्रशिक्षण गराउनु भएको थियो ।
नगर र गाउपालिकाहरुको निर्वाचनको तीन दिन पछि गाउपालिकाबाट चार चार जाना र नगरबाट ३८ जना मध्येबाछ ५जना र त्यस बाट तीन जना निर्वाचितहरु मध्येबाट प्रनिधि छनोट गरिनेछ ।
यसरी छानिएका प्रतिनिधि जिल्ला समन्वय समिति सदस्य हुने छन र यि सदस्यहरुले जिल्लाको निर्वाचनमा भागलिन पाउनेछ ।
प्रशिक्षणकै क्रममा सन्जेल भन्नुभयो, यो निर्वाचनले शिहदरवारको अधिकार गाउँ गाउँमा भन्ने नाराका साथ निर्वाचन हुदैछ । १७ चहमा एक मुख्य निर्वाचन अधिकृत रहने र १०० वडामा ६९ मतदान अधिकृत सहायक कर्मचारी सुरक्षकर्मी अनुगमनका टोलि समेत रहने र उनिहरु संग समन्वय मुख्य अधिकृतले गर्नु हुने हुछ ।
हाल ३६ दल दर्ता भएपनि १९ राजनीतिक दलहरुले अलफबेटको आधारमा मात्र चुनाव चिन्हहरु पाउने र अरुले स्वतन्त्रको चिन्ह पाउने बताउनु भयो ।
उम्मेदवार हुन २१ वर्ष उमेर पुगेको नेपाली नागरिक फौजदारी अभियोग नलागेका कानुनले फिट भएको हुनु पर्नेछ ।
अन्त्यमा पोष्टर व्यानर इाण्डा डण्डा र लगाउने कपडामा चुनाव चिन्ह छापन पाईदैन र कसैको घर सार्वनिक ठाउमा पाष्टर तोकिएको साईज भन्दा ठुला खाले टाँसन पाईदैन यदि कसैले जवरजस्ति गरे कानुन बमोजिम जरिवाना र सजाय हुनेछ ।
Post a Comment