Websoft University

सर्वोच्चको आन्तरिम आदेशविरुद्ध माओवादी केन्द्रले प्रदर्शन गरो


 विराटनगर, जेठ १४ गते । रातो तारा डट कम- स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आन्तरिम आदेशविरुद्ध माओवादी केन्द्र सडकमा उत्रिएको छ ।

माओवादी केन्द्र विराटनगरले हिजो शनिबार सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा प्रर्दशन गरेको थियो ।
स्थानीय निलसदनवाट निस्किएको र्‍यालीमा मुख्य बजारको परिक्रमा गरी वि प्लटमा पुगेर कोण सभामा परिणत भएको थियो । 

र्‍यालीमा सहभागीहरुले ‘विराटनगरलाई महानगरपालिका कायम गर, अदालती आदेश खारेज गर, कार्यपालिका माथिको हस्तक्षेप वन्द गर’ जस्ता नारा लगाएका थिए ।

कोण सभामा माओवादी केन्द्रका नेता हेम कार्की, मेयर एव उपमेयरका उम्मेदवार भोगेन्द्र यादव र नमिता न्यौपाने लगायतले विराटनगरको विकास नचाहनेहरुले विराटनगरलाई महानगरपालिका नवनाउन षडयन्त्र गरेको आरोप लगाए ।

सरकारले हालै मात्र विराटनगर र वीरगञ्जलाई महानगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो। तर, र्वोच्च अदालतले शुक्रबार स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.