झापा, माघ २४ गते। रातो तारा डट कम -
झापाको बिभिन्न स्थानबाट प्रहरीले आइतबार भन्सार छलेको अवैध सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका-१० स्थित मेचीडाँडामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले भारततर्फ लैजादै गरेको ३० किलो सुपडी बरामद गरेको छ।
त्यस्तै सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले धुलाबारी स्थित भित्री सडकखण्डमा भरतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी १ लाख १३ हजार बराबरको पाँच पोका रेडिमेट कपडा बरामद गरेको छ। यता विर्तामोड-६ स्थित मुक्ति चोकबाट इलाका प्रहरी कर्यालय अनारमनी तथा जिल्ला प्रहरी कर्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले मे १ च ४२३८ नम्बरको जिपमा रहेको ७ काटुन मोटर पार्ट्स सहित जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरेहको छ।
यसैगरी झापाकै मकुमारखोद-२ स्यालमारामा इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लैजादै अन्दाजी १८ हजार ४ सय मुल्य बराबरको १५ काटुन स्याउ बरामद गरेको छ। बरामद सामान आज भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।
Post a Comment