काठमाडौं, माघ २४ गते। २०७३, रातो तारा डट कम-
अन्तर्राष्ट्रिय समाचार,दोहा-कतार एयरवेजले विश्वकै सबैभन्दा लामो दोहादेखि अक्ल्यान्ड -न्युजिल्यान्ड, सम्मको उडान सुरु गरेको छ। आइतबार फ्लाइट क्युआर-२० निर्धारित समयभन्दा ८ मिनेट अगाडि दोहादेखि अक्ल्यान्डका लागि उडेको छ।
कतार एयरवेजले विश्वकै सबैभन्दा लामो दोहादेखि अक्ल्यान्ड -न्युजिल्यान्ड, सम्मको उडान सुरु गरेको छ। आइतबार फ्लाइट क्युआर-२० निर्धारित समयभन्दा ८ मिनेट अगाडि दोहादेखि अक्ल्यान्डका लागि उडेको छ।
बोइङ ७७७ ले १४ हजार ५ सय ३५ किलोमिटरको दूरी
पार गर्दै अक्ल्यान्ड पुग्न १६ घन्टा २० मिनेट लगाउने कतार एयरवेजका प्रवक्ताले बताएका छन्। फर्किंदा भने यात्रुले १७ घन्टा ३० मिनेट आकासमा बिताउनु पर्नेछ।
फ्लाइटराडर २४ को रेकर्डअनुसार नागरिक यात्रु सेवाका लागि यो विश्वकै सबैभन्दा लामो उडान हो। गत वर्ष इमिरेट्सले १४ हजार २ सय किलोमिटर दूरी रहेको दुबईदेखि अक्ल्यान्ड सम्मको उडान सुरु गर्दै विश्वको सबैभन्दा लामो उडानको कीर्तिमान राखेको थियो। आइतबार कतार एयरवेजले त्यसलाई तोडेको हो। अनलाइन बाट
Post a Comment