काठमाडौं, माघ २४ गते । रातो तारा डट कम -
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने मानिसहरुमाथि कडा निगरानी राख्न सीमा सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । डोनाल्ड ट्रम्पको निर्देशन को अमेरिकी जनताले ठुुलो कदर गरेका छन।
यस्तो पाठ नेपालका नेताले चै कहिले सिक्ने हो भनेर जनताले
नेपाली नेताको यसबेला खिल्ली उडाउदैछन। अहिले अमेरिकी राष्ट्रपति जस्तो भावना भएको नेपाली नेता यहाँ जनताले खोजिरहेका छन।
नेपालको दखिनि बोडर खुल्ला भएकैले आवत जावतमा समुन्द्र आए जसरि भारति नागरिक नेपाल प्रबेस गरेका गरेही छन तर रोक्न कसैले नसकेको भन्दै नेपाली जनता दु: खी भएका छन।
अहिले अमेरिकाामा मुस्लिम बहुद सात देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिवन्धमाथि अदालतले अन्तरिम रोक लगाएपछि ट्रम्पले सीमामा कडाई गर्न निर्देशन दिएका हुन् ।
उनले प्रतिवन्ध रोकेर अदालतले अमेरिकी सीमालाई सुरक्षित गर्ने काममा अवरोध गरेको आरोप पनि लगाए । उनले भनेका छन् कि यदि केही भयो भने त्यसको जिम्मेवार न्यायाधीश र अदालती सिस्टमलाई दोषी ठहर्याउने बताए ।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो साता नै सात देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाएका थिए । तर, उनको प्रतिवन्धलाई अदालतले अन्तरिम रोक लगाएको छ । र, त्यसविरुद्ध ट्रम्प प्रशासनले गरेको अपील पनि अमेरिकी पुनरावेदन अदालतले खारेज गरेको
छ।
Post a Comment