
सिरहा, फागुन १ गते । रातो तारा डट कम,
सिराहाको मिर्चैया-२ स्थित मल्हानियामा आज गोली प्रहार हुँदा एक जना घाइते भएका छन् ।
सिराहा मझौलीया-४ अरंगका २९ वर्षिय लालु खान माथि अज्ञात समुहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । खानको मिर्चैया अस्पतालमा उपचार भइरहेको हाम्रा संवाददाताले जनाएका छन् ।
खान ना ३८ प १३३४ नम्बरको मोटरसाइकलमा सवार थिए । तीन वटा मोटरसाइकलमा आएको अज्ञात समुहले उनिमाथी गोली प्रहार गरेको जनाइएको छ ।
Post a Comment