बिराटनगर,फागुन १ गते । २०७३,रातो तारा डट कम, आज फागुन एक गते,नेकपा माओवादी केन्द्रको नगर समिति बिराटनगर र क्षेत्र नम्वर ५,६,७,को सयुक्त आयोजनामा २२औ जनयुद्ध दिवस बिराटनगरमा भव्यरुपले मनाईयो । मनाइयो
आज बिराटनगरमा मनाईएको जनयुद्ध दिवसको कार्याक्रमको मैन बती बालेर जनयुद्धका प्रथम सहिद दिलबहादुर रमतेल,लगाएका शहिदहरुलाई सम्जेर सुरुभएको थियो ।
जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्याक्रममा ६ नम्वर क्षेत्रका ईन्र्चार्ज कं उपेन्द्र रायले पुराना कुरालाई सम्जेर आफनो कार्यामा अगि बढनु पर्छ भन्दै शुभकामना व्याक्त गरेका थिए ।
मोरङ जिल्ला पाटि ईन्र्चार्ज क.कुल प्रसाद लिम्बू कुसलले
२२ वर्ष अगि जनयुदका बेला भोगेका कुराहरुलाई छोटकरी भन्दै हाम्रा ति पुराना ईतिहासलाई बिर्सिनु हुँन्न भन्दै पाटी सुदृढीकरणमा लाग्नु पर्छ भन्ने कुरा राख्दै सफलताको शुभ कामना व्याक्त गर्नु भयो ।
त्यसैगरी, सासद क. सिवकुमार मण्डले जनयुद्ध पाटी एकता कार्याकर्ताहरुको सक्रियता,शहिदहरुको बलिदानलाई हामिले खेर जान दिनु हुन्न भन्दै शुभकामना राख्नु भयो ।
एक नम्वर प्रदेसका तर्फबाट क.साबित्री काफलेले शहिदलाई सम्जदै उनिहरुको बलिदान नै आज आम्रो सक्ति हो, भन्दै जनयुद्धका बेलाका कुराहरुलाई चित्रण गर्दै आफना कुरा राख्दै सफलताको शुभ कामना दिनु भयो ।
एक नम्वर प्रदेश ईन्र्चार्ज क.गोपाल किराँती साईला,ले यो जनयुद्ध को सक्तिले पार्टी र कार्याकर्तामा सक्तिको उर्जा थप्नेछ भन्दै,१ नम्वर प्रदेशबाट प्रकाशन भएको अग्रदिशा-१, भन्ने पुस्तकको कारण बस बिमोचन नभए पनि बितरण आजैबाट गरिएको छ र यो नियामित प्रकाशन गरिने समेतको जानकारी दिनु हुँदै जनयुद्ध दिवस कार्याक्रममा आफनो तर्फबाट शुभ कामना राख्नु भयो ।
२२औ जनयुद दिवस कार्याक्रमको सभापतित्व नेकपा माओवादी केन्द्र नगर ईन्र्चार्ज क. भोगेन्द्र यादवले गर्नु भएको थियो । त्यसैगरी कार्याक्रम संन्चालन क.नमिताले गर्नु भएको थियो ।
Post a Comment