काठमाडौं, फागुुन १ गतेे। रातो तारा डट कम,
सिता शर्मा राप्ति उपक्षेत्रीय अस्पताल घोराहीमा काम
गर्छिन्। उनले त्यस अस्पतालमा काम गरेको २ वर्षभन्दा बढी भयो । उनी बेलुका ४ बजे अस्पताल पुग्छिन् । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् ।
राति १० बजे ड्युटी सकिन्छ। घर फर्कदा न उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म लगिदिन्छ । यो समस्या सिताको मात्र होइन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको आज भोलि यसरी नै बितेेकोछ।
सरकारको नीति तथा कार्यक्रम राम्रो नहुँदा आज भोलि देसैभरीका नर्स ज्यलामा ठगिएका छन,असुरक्षित भएका छन।
नेपाल नर्सिङ एशोसिएसनको तथ्थांक अनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा छन् । २२ हजार निजी अस्पतालमा छन् । केही एनजिओ र थुप्रै विदेशमा छन् ।
उनीहरुको तलव मासिक ४ हजारदेखि ८ हजार रुपैयाँसम्म हुन्छ। समस्या उठायो भने जागिर जाने डर उनीहरुमा छ ।
Post a Comment