युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ २९ गते । रातो तारा डट कम,मोरङको याङ्सिला गाविसमा रहेको सावित्री माद्यामिक विद्यालयका विद्यार्थीहरुले विद्यालयका पुस्तकालयमा पन्ध्र हजार बराबरको पुस्तक थपेका छ्न।
याङ्सिला गाविसमा रहेको एक मात्र माद्यमिक विद्यालयमा शिक्षक बासुदेव पौडेलले झोलाबाट शुरूवात गरेको उक्त पुस्तकालय हाल आएर व्यवस्थित ढङ्गबाट सन्चालन हुन थालेपछि विद्यार्थीहरुमा पुस्तकालय प्रतिको मोह बढ्न थालेको शिक्षक पौडेलले बताए।
पुस्तकालयको विकासमा सबै पक्षको उतिकै महत्त्वपूर्ण भुमिका हुने भन्दै विद्यार्थीहरुले पनि आफ्नो तर्फबाट पन्ध्र हजार बराबरको पुस्तक सहयोग गरेकोमा यसले एउटा उदाहरण तथा इटामा इटा थप्ने काम गरेको विद्यालयका शिक्षक नवराज लुइँटेलले बताए।
उक्त पुस्तकालयका पुस्तकहरु बृहत पुस्तक प्रदर्शनी इटहरीमा खरिद गर्दै गरेका भेटिएका शिक्षकद्वयले विद्यार्थीको उदाहरणीय कामको प्रशङ्सा गरेका छ्न।
Post a Comment