
बिराटनगर, माघ २९ गते ।२०७३, रातो तारा डट कम,
गायक सुमित खड्काको राष्ट्रिय गितिएल्वम आहवान बिराटनगरमा एक कार्यक्रमका बिच हिजो बिमोचन भएको
छ ।
करीव ६ सय भन्दा बढि नेपाली गितमा आफ्नो स्वर दिइ सकेका सुमित खड्काको आहवान भने ५ औ राष्ट्र भाव बोकेको एल्वम हो । ७ वटा राष्ट्र भावबोकेको गिती एल्बमको शब्द भने ध्रुवराज पौडेलको रहेको छ भने संगित शक्ति बल्लभ को रहेको छ ।
एल्वममा संसारले सोधे यो मेरो देश , संसार भरी छरीएका , नेपालको माटोमा फुल्यो, बाल्नु पर्छ आशाको दियो, सवै भन्छन् हामि गरीव र हामि युवा देशका लागी लगायतका
गीत समावेश गरीएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन का पदाधिकारी ,उद्योगपति लगायतको उपस्थीती रहेको थियो । उक्त एल्मब बिक्री बाट आएको रकम भने नेपाल अपाँग महिला संघ पुर्वाञ्चलको सहयोगमा दिइने गायक खड्काले बताए ।
-
Post a Comment