Websoft University

आज स्थानीय निकाय ठप्प भए



बिराटनगर,फागुन १ गते । २०७३,रातो तारा डट कम,
स्थानिय निकाय ट्रेड युुनियन संयुक्त आन्दोलन परिचालन समिति मोरङले १९ गते देखि जिल्ला बिकास समिति मोरङमा कार्यरत कर्मचारिहरुले केन्द्रको निर्देशन अनुसार धर्ना र हातमा कालो पट्टि बाधेर काम गर्दै आएका थिए।

आज सम्म कुनै सुनुवाइ नभए पछि बिराटनगर उपनहागर पालिका र जिल्ला बिकास समिति मोरंगका कर्मचारीहरुले काम काज नै आज स्थानीय निकायमा ठप्प पारेकाछन ।


संयोजक राजकुमार पोखरेलको अध्याक्षतामा बैठक बसी निर्णय गरेरै १६ बुँधे सम्मका बिभिन्न मागहरु राखि आन्दोलन सुरु गरेको र गर्दै आएको कुरा थाहा भएकोछ ।

स्थानिय निकाय टे्ड युनियन सयुक्त समन्वय समितिले केन्द्रको सर्कुलर अनुसार नै बिभिन्न आफना मागहरु राखी प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी,मार्फत संघीय मामिला तथा स्थानीय बिकास मंन्त्रालयमा समेत मागहरू बुजाईसकेको जिल्ला बिकास समितिका सुचना शाखा प्रमुख महेन्द्र खडकाले रातो तारा डट कम,लाई जानकारी गराउनु भयो ।

स्थानिय निकायका कर्मचारीहरुले फागुन १ गते आज सम्म पनि मागहरूको बारेमा कुनै सुनुवाई नभएकोले
बिराटनगर उपमहानगरपालिका र जिल्ला बिकास समिति र
गाबिसहरूको काम काज आज ठप्प पार्नु परेको जनकारी गराउनु भएको थियो ।

अव भोलि फागुन दुई गतेबाट गाबिस जिबिस उपमहानगर पालिका नगरपालिका हरूका सरकारी कर्मचारीहरुलाई कार्यालय प्रबेसमा रोक लगाईने र सुनुवाई नभए सरकारी कर्मचारीहरुलाई मंंन्त्रालय फिर्ता पठाउने सम्मका कार्यहरु अगिसारर्ने स्रोतले जानकारी गराएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.