युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ २३ गते । २०७३,
रात् तारा डट कम -उत्तरी मोरङ सिंहदेवी-६मा रहेको पन्चकन्या प्राविले पुर्वान्चलको पर्यटकीय स्थल तेह्रथुमको वसन्तपुरमा रहेको पाथीभरा, आरआर गार्डेनको भ्रमण गर्दै त्यहीँ स्थानमा विविध कार्यक्रम छ।
टुटेदेउराली देखि डेढ घन्टाको पैदल यात्रामा विद्यालयका विद्यार्थी,शिक्षक अभिभावक र विव्यसका पदाधिकारी,लक्ष्मी प्राविका शिक्षक,कल्याणकारी माविका शिक्षक र युवा समाजसेवीहरुको उपस्तिथित रहेको शिक्षक कविन्द्र लिम्बूले बताए।
एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे ,मिल्के , जलजले क्षेत्रमा रहेको गुराँसको अवलोकन गराउन र आन्तरिक पर्यटनको विकासमा थप टेवादिनलाई उक्त एकदिने शैक्षिक भ्रमण आयोजना गरिएको शिक्षक नर्मिला लिम्बूले बताए ।
त्यसै अवसरमा पाथीभराको अबलोकन पश्चात सङ्खुवासभा र तेह्रथुमको सीमा देउरालीमा उक्त टोलीले विविध कार्यक्रम गरेको छ।कल्याणकारी माविका शिक्षक राजेश लिम्बूले गजल वाचन र कल्याणकारीकै शिक्षक मदन राईले नृत्य र पन्चकन्या प्राविका प्रअ यमबहादुर ठकुरीले गजल प्रस्तुत गर्दै कार्यक्रमको माहोल तताएका थिए भने उपस्तिथि सबै
टोलीले नृत्य प्रस्तुत गरि मनोरञ्जन दिलाएका थिए।
समय अभाव र गुराँस फुल्ने समय नभएकाले भ्रमण टोली पाथीभरा मन्दिरको परिक्रमा पछि फर्किएको थियो।
कार्यक्रम शिक्षक कविन्द्र लिम्बूको सन्चालन र विव्यस अध्यक्ष अटलसिङ्ह लिम्बूको सभापतित्वमा सम्पन्न भएको थियो।
Post a Comment