Websoft University

अस्ट्रेलियासँगको एक दिवसीय क्रिकेट श्रृँखला न्युजिल्याण्डले जित्यो



बिराटनगर,माघ २३  गते । अस्ट्रेलियासँगको तीन एक दिवसीय क्रिकेटको श्रृँखला न्युजिल्याण्डले २–०ले जितेको
छ । तेश्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई २४ रनले हराउँदै न्युजिल्याण्डले श्रृँखला जितेको हो ।

 दोश्रो एकदिवसीय भने रद्द भएको थियो । आइतबार भएको खेलमा दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४७ ओभरमा २ सय ५७ रनमा आउट भयो । एरोन फिन्चले ५६ र ट्राभिस हेडले ५३ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।

 न्युुजिल्याण्डका ट्रेण्ट बोल्टले ६ विकेट लिएपछि अस्ट्रेलियाका ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । १० ओभर बलिङ गरेका बोल्टले १ मेडन राख्दै ३३ रन खर्चेर ६ विकेट लिएका थिए ।

यसअघि, ह्यामिल्टनमा पहिले ब्याटिङ्ग गरेको पाहुना टोली न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनायो । न्युजिल्याण्डका रोश टेलरले १ सय ७ र डिन ब्रोनलीले ६३ रन बनाए बनाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.