Websoft University

केपी ओलीको सभालाई मध्यनजर गर्दै इनरुवाको सुरक्षा व्यवस्था कडा



सुनसरी, इनरुवा माघ २२ गते । २०७३, रातो तारा डट कम -
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओलीले सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्ने भएपछि आज विहानैबाट सो क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।

इनरुवाको खेल मैदानमा नेकपा एमाले सुनसरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इनरुवा आईपुग्नु भएको छ ।मधेश केन्द्रित दलहरुको सम्भावित विरोधलाई मध्यनजर गर्दै सभा स्थलका साथै बजार तथा चोकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो तैनाथी गराइएको छ ।

कार्यक्रमको सुरक्षालाई मध्यनजर गर्दै २ सय ५० नेपाल प्रहरी र १ सय ५० बढी शशस्त्र परिचालन गरिएका छन् । सादा पोशाकमा समेत पर्याप्त सुरक्षाकर्मीहरु परिचाल गरिएको सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

यद्यपी मधेशी मोर्चाले अहिले सम्म एमालेको सभालाई लक्षित गरी कुनैपनि विरोधका गतिविधी संचालन गरेको छैन् ।
मधेश जागरण अभियान अन्र्तगत एमालेले सुनसरीको इनरुवामा शक्ति प्रर्दशन सहित जनसभाको आयोजना गर्न लागेको हो ।

यसअघि एमालेले सुनसरीको दक्षिणवर्ति गाविसहरुमा सभा सम्पन्न गरिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.