Websoft University

तीन लाख बराबरको भन्सार छलेको समान बरामद



सप्तरी, माघ २२ गते।
सप्तरीको बेल्ही गाविसबाट शुक्रबार तीन लाख मुल्य बराबरको भन्सार छलेको सामान बरामद भएको छ। प्रहरी चौकी बेल्हीबाट खटिएको टोलीले बेल्ही गाविस वडा नम्बर २ बाट साँझ ६ बजे भन्सार छलेर ल्याएको साडी, कुर्ता सलवार, सेन्डो भेष्टसहित मोटरसाइकल बरामद गरेको हो। सामान ल्याउने मानिस मोटरसाइकल छाडी फरार भएका छन्। बरामद सामान र मोटरसाइकलको बिगो मूल्य तीन लाख उन्नाईस हजार छ सय रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बरामद सामान तथा मोटरसाइकल भन्सार दाखीला गर्ने तयारी भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.