Websoft University

प्रेस चौतारीको १९ औ स्थापना दिवस आज मनाईदै


बिराटनगर,माघ २२ गते ।२०७३, रातो तारा डट कम-
प्रेस चौतारी नेपालले आफनो १९औं स्थापना दिवस मनाउने क्रममा बिराटनगरमा पनि आज भव्यारुपले स्थापना दिवस मनाएकोछ ।



प्रेस चौतारीले आयोजना गरेको उक्त कार्याक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका अध्यक्ष,पुर्व प्रधानमन्त्री केपी शर्मा आलीले चौतारीलाई सहयोग गर्ने ५ जना व्याक्तित्वहरु ध्ये चार जनालाई सम्मान एक जनालाई रु दश हजार सहित प्रमार्ण पत्र दिएर पुरस्कृत गर्नु भयो ।



चौतारीको १९औ स्थापना दिवसलाई सफलताको शुभकामना दिदै भन्नु भयो प्रेस चौतारीले पत्रकारीताको बिकास र राष्ट्र निमार्णमा पनि सकारात्मक भुमिका खेल्ने छ भन्दै,संन्चार बिकासको कुरागर्दा पहिलो रेडियो स्थापना भएको बिराटनगरमा सुबिधा सम्पन्न संन्चार ग्रामको स्थापनाका लागि आफुले पहल गरेको त्यो काम अहिले कहापुगेको छ मलाई  थाहा छैन भन्नु भयो ।

यस बेला पत्र पत्रिका रेडियो एफ एम अनलाई समाचार टिभी जस्ता माध्यामको दु्त बिकास भए पनि भ्रम सृजना हुँने खालका कुनै पनि समचार दिनु हुँन्न भन्नु भयो । संन्चारकर्मी पत्रकारहरुले राष्ट्रका लागि राष्ट्र, राष्ट्रियता, समान्ता,आफनो सोभिमान,लगाएतका यि पाँच कुरालाई ख्याल गर्नु राम्रो हुने छ भन्दै, बिपक्षितिर औल्याउदै कसैले पनि बणा आस्रित र जाती बादि राजनीति गर्नु देश र जनताका लागि राम्रो होइन भन्न भयो ।

प्रेस चौतारी मोरङले संस्थापक सदस्य दोय यज्ञ शर्मा, दिपेन न्यौपाने, र कृष्ण प्रसाद सिग्देल युवा पत्रकारीता पुरस्कार संस्थापक सिता सिग्देल, मैनाली पत्रकारीता पुरस्कार संस्थापक कमला मैनाली,लाई सम्मान गरिएको थियो भने महिला पत्रकार शान्ति दाहालाइ रु दश हजार सहित पुरस्कृत गरिएको थियो ।

कार्याक्रममा प्रेस चौतारी लेखा संयोजक बिक्रम लुईटेल, र चौतारी केन्द्रीय सदस्य लिला राज भट्टराई, नेपाल पत्रकार महासंघ मोरङका अध्याक्ष महेन्द्र बिष्टले पनि आ -आफना धारणाहरु राख्दै १९औ स्थापना दिवस सफलताको कामना गर्नु भएको थियो । सुदिप कोईरालाले उदघोषन गर्नु भएको कार्याक्रमको अध्यक्षता प्रेस चौतारी मोरङका अध्याक्ष रामचन्द्र अधिकारीले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.