Websoft University

धनकुटमा दुई भरुवा बन्दुक बरामद



बिराटनगर,माघ २२ गते। रातो तारा डट कम -
धनकुटाको छ नं. बुधबारे २ स्थित घुमाउने सामुदायिक वनमा शुक्रबार दुई थान भरुवा बन्दुक बरामद भएको छ।

दिउँसो करिब २ बजेतिर वनमा चोरी शिकारी गर्न केही मानिसहरु भरुवा बन्दुक बोकेर हिडेको भन्ने गोप्य सुचना पाएपछि प्रहरी चौकी ६ नम्बर बुधबारेबाट टोली खटि जाँदा ७/८ जनाको समुहले प्रहरीलाई देख्नासाथ बन्दुक फ्याँकेर फरार भएका हुन्।

बरामद बन्दुक प्रहरी नियन्त्रणमा रहेको र फरार समुहको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.