
बिराटनगर, माघ २६ गतेे । रातो तारा डट कम,
नेकपा माओवादी केन्द्र तथा अनेम संघ क्रान्तिकारी
केन्दीय समितिबाट आयोजित प्रादेशीक
स्तरीय स्थानिय निर्वाचनको तयारी सम्बन्धि प्रशिक्षण कार्यक्रम आजबाट बिराटनगरमा सुरु भएको छ ।
प्रशिक्षण कार्याक्रमको उदघाटन गर्दै नेकपामाओवादी केन्द्र पाटी केन्दिय सदस्य तथा अनेम संघ फ्रन्ट ईन्चार्ज क.उर्मिला अर्यालले गर्नु भएको छ । कार्याक्रम उदघाटन पछि बोल्दै अर्यालले माओवादीको निति, चुनौती, र आइपर्ने, समस्याहरुको सामना कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।
योो कार्याक्रम दुई दिन सम्म चल्ने भएकाले आजको कार्याक्रममा एन डी आईको परिचय र जानकारी पाटी सुध्रिढीकरण जनता बिचाको अन्तर संम्बन्ध,स्थानिय निर्वाचन लक्षितवर्ग संग प्रश्नवाली र नेपालको संविधानमा महिलाकोे हक अधिकारको बारेमा प्रशिक्षण गराइने कार्यक्रम रहेको छ ।
उक्त प्रशिक्षणमा एन डी आई नेपालका बरिष्ठ कार्याक्रम प्रबन्धक पुस्तेनले सहजिकरण गर्नु भएकोछ।
कार्याक्रमको सभापतित्व १ नम्वर प्रदेश महिला विभाग ईन्चार्ज क.होम कुमारी खापुगले गर्नु भएको छ । नेकपा माओवादी केन्द्र अनेम संघको कार्याक्रम भोलि सम्म
चल्नेछ ।
Post a Comment