Websoft University

सर्वेन्द्र खनालको ठाउमा अब दिनेश अमात्य,




काठमाडौं, माघ २६ गते । रातो तारा डट कम -
उपत्यकामा हुने जघन्य अपराधको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाको नेतृत्व १९ महिनासम्म सम्हालेर एसएसपी सर्वेन्द्र खनाल सरुवा भइसकेका छन् ।

 र, यो कुर्सीमा आएका छन् अर्का एसएसपी दिनेश अमात्य ।
एसएसपी खनालले गुण्डा नाइके कुमार घैंटेको इन्काउण्टरदेखि विद्युत चोरी गर्ने सरकारी कर्मचारीसम्मलाई ठेगान लगाए । यसले सर्वेन्द्र खनालको मात्रै चर्चा भएन, अपराध महाशाखाकै शाख उच्च बनायो । 

सर्वेन्द्र अघिका प्रहरी अधिकृत एसएसपी पुष्कर कार्कीले पनि ७ वर्षअघि भएको चाचन हत्याकाण्डदेखि चरी डनको इन्काउण्टरसम्म गरेर महाशाखाको शाख माथि पुर्‍याएका 
थिए । पछिल्लो तीन वर्षमा लगातार काबिल एसएसपीहरु पाएको महाशाखाले नागरिकको मनमात्रै जितेको छैन,।

उपत्यकामा अपराधीहरु शीर उठाउन नसक्ने अवस्थामा पुगेका छन् । अहिले यही महाशाखाको नेतृत्व सम्हाल्न आइपुगेका दिनेश अमात्य पनि सर्वेन्द्र खनालका एउटै ब्याजी हुन् ।

अब अमात्यले यो महाशाखाको शाख कसरी बचाउँछन्, त्यो हेर्न बाँकी नै छ । तर, दिनेश अमात्य त्यस्ता व्यक्ति हुन् जसले तराई मधेका विभिन्न जिल्लामा भूमिगत सशस्त्र समूहलाई निस्तेज पारिदिएका छन् । पछिल्लो टीकापुर घटनासमेत उनैले साम्य पारेका हुन् । तर, दिनेश अमात्यको काम हेनै बाँकी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.