बिराटनगर,माघ २७ गते।
मोरङको विराटगर-२० हुलास मेटल चौकबाट बिहिबार लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन। पक्राउ
पर्नेमा विराटनगर-२० दरैयाबस्ती बस्ने अन्दाजी २० वर्षिया रञ्जनादेवी सदा रहेकी इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
सदालाई भारत जोगबनीबाट आउदै गर्दा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षामा कार्यरत प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालयमा बुझाएका हुन। सदाको साथबाट लुपिजेसिक दुई सय एम्पुल, डाइजेल्याब दुई सय एम्पुल र एभिल दुई सय एम्पुल तथा नाइट्रोसन ट्याब्लेट एक सय पिस बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेकी युवतीलाई इलाका प्रहरी कार्यालय रानीमा राखि अनुसन्धान कार्य भइरहेको छ।
Post a Comment