Websoft University

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या




बिराटनगर,माघ २७ गते।
मोरङको सिजुवा-६ मा बुधबार धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ। सिजुवा-६ मुसहर बस्ती बस्ने उदय सुतिहारले मादक पदार्थ सेवन गरी आफ्नै पत्नी वर्ष २५ की शान्ता सुतिहार बुधबार दिउँसो १२ बजेतिर बसिलाले प्रहार गरी हत्या गरेका छन। दुबै विच घरायसी वाद-विवाद हुँदा उदयले शान्तामाथी बसिलाले प्रहार गरेको स्थानीयले बताए।

 गम्भीर घाइते शान्ताको रंगेली अस्पतालमा साँझ ५ बजेतिर उपचारकाक्रमा मृत्यु भएको छ। बसिलाले हानेपछि उदय सुतिहारले बिषादी सेवन गरेका थिए। उनको कोशी अंचल अस्पतालमा उपचार भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.