Websoft University

त्रिभुवन विमानस्थलका कर्मचारी आउने जाने बाटोको पनि अनुगमन भयो


काठमाडौं माघ २८ गते । रातो तारा डट कम-
सांसद्‌ मिलन राजवंशी त्रिभुवन विमानस्थलका कर्मचारीसँग जिज्ञासा राख्दै थिइन्, ‘विमानस्थलभित्र पुग्न सामान्य यात्रुले प्रयोग गर्नेभन्दा अन्य बाटो पनि छन् रे, ती कहाँ छन् हेरौं न।
संसद्को सुशासन तथा अनुगमन समितिको एक टोली बिहीबार दिउँसो विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानदेखि आगमनसम्मको स्थलगत भ्रमणमा थियो।

प्रस्थानतर्फ अध्यागमन पार गरेपछि आगमनतर्फ टोली बढ्दै गर्दा पूर्वमन्त्री कृपासुर शेर्पाले विमानस्थलका कर्मचारीले मात्र प्रवेश पाउने बाटोतर्फ हेर्दै भने, ‘माननीयज्यू, हेर्नुस् यो पनि एउटा हात्ती छिर्ने दुलो हो।’

गत महिना त्रिभुवन विमानस्थलबाट बाहिरिनेक्रममा ३३ केजी सुनसहित भरिया पक्राउ परेको र त्यसपछि उच्चपदस्थ प्रहरी अधिकृतसमेत पक्राउ परेको अवस्थामा संसदीय समितिले विमानस्थलको अनुगमन गरेको हो। अनुगमनक्रममा समितिका सदस्यहरू हात्ती छिर्ने दुला खोज्न आतुर भएका
सासदलाइ, त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय, प्रहरी इन्चार्ज नायब महानिरीक्षक (डीआईजी) गोविन्द निरौला, विमानस्थल भन्सार प्रमुख नारायण सापकोटा अनुगमन टोलीलाई आ-आफ्नो क्षेत्रका अधिकार र जिम्मेवारी बुझाउनमै व्यस्त थिए।

अनुगमनमा टोली जतिजति अगाडि बढ्दै गयो, सांसदहरू त्यति नै अचम्मित बन्दै थिए। ठूलो परिमाणमा सुन बरामद भएको सन्दर्भमा खासगरी विदेशबाट आएका नेपाली तथा विदेशी भित्रबाट कसरी बाहिर आइपुग्छन् र उनीहरूको सामान कसरी जाँच हुन्छ भन्नेमा अनुगमन केन्द्रित थियो।
बाहिरबाट आएका गैरव्यावसायिक पार्सल जाँच गर्ने ठाउँ र कार्गो हुने सामानको जाँच देखेर उनीहरू चकित भए। 

गैरपार्सल जाँच गरिने ठाउँनजिकै केही ठाउँमा ठुल्ठूला भ्वाङ छन्, जहाँबाट सामान एक्स रे मेसिनमा नछिराई भित्र ल्याउन सकिन्छ। त्यसपछि ती सामानले कहीँ पनि ‘एक्स रे’ जाँच गर्नुपर्दैन। ती प्वाल कसले टाल्ने भन्नेमा भन्सार र विमानस्थलबीच विवाद देखिएको छ। अन्नपूर्ण पोस्ट् बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.