Websoft University

श्री फिक्कल माध्यमिक विद्यालयलेे पुस्तकालय स्थापना गर्ने



 बिराटनगर, माघ २८ गते । २०७३,
 रातो तारा डट कम -श्री फिक्कल माध्यमिक विद्यालय
सूर्योदय–६,फिक्कल, इलामको,पुस्तकालयका स्थापनाका लागि प्रस्तावना-पत्र
विद्यालयको पृष्ठभूमि:-इलाम जिल्लाको सूर्योदय नगरपालिका वार्ड नं. ६ मा अवस्थित श्री फिक्कल माध्यमिक विद्यालय आफ्नै इतिहास बोकेको एक पूरानो विद्यालय हो । १०८ स्वामी सोमेश्वरानन्दबाट निर्माण भएको विद्यालयमा वि.सं. १९७७ बाट संस्कृत शिक्षाबाट पठनपाठन भएको र वि.सं. २००३ सालबाट अंग्रेजी शिक्षा पढाइ शुरु भएको पाइन्छ ।

वि.सं. २००५ सालमा शिक्षा क्षेत्रबाट निरीक्षण, सुपरीवेक्षण गरी पठनपाठन, शिक्षक तालिम जस्ता विषयमा राय सल्लाह सुझाव दिइएका प्रमाणहरू पाइन्छ । यसरी वि.स. १९७७ बाट शिक्षा दिदै आएको विद्यालयमा समयको अन्तराल सँगै कहिले प्रावि. कहिले नि.मा.- मा.वि. हुँदै हाल कक्षा १ देखि १२ सम्मका कक्षाहरू सञ्चालन भइरहेका छन् ।

विद्यालय यस क्षेत्रको पायकिलो ठाउँमा भएकाले यहाँ टाढा टाढाबाट पनि विद्यार्थीहरू अध्ययन गर्न आउँनेे गरेेका छन। विद्यालयको सेवाक्षेत्र पनि ठूलै भएको कारणबाट विद्यार्थी सङ्ख्या पनि राम्रो छ । तर विद्यालय आर्थिक अवस्थाबाट त्यस्तो राम्रो अवस्थामा नभएको कारणले विद्यालयले जुटाउने अध्ययनका लागि सामग्री एवं विद्यार्थीहरूले पाउनु पर्ने शैक्षिक सुविधा भने यहा कमैै छ।

विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्ने पुस्तकालय भने जस्तो व्यवस्थित गर्न सकिएको छैन । कारण माथि नै आर्थिक कारण भनेर उल्लेख गरियो । विद्यालयमा पुस्तकालयको राम्रो व्यवस्था गरी शिक्षक एवं खास गरी विद्यार्थीहरूलाई पाठ्यपुस्तक, अन्य सामग्री लगायतका पठनीय सामग्रीको व्यवस्था गर्न अत्यन्त आवश्यक ठानी पुस्तकालय बजनाउन तपसिलमा उल्लिखित विवरण सहित रकम माग गर्दै यो प्रस्तावना पत्र तयार गरी पेश गरिएको व्यहोरा अनुरोध छ ।

उदेश्य :-
तहगत रुपमा विद्यार्थीहरूले आफूलाई आवश्यक पाठ्यपुस्तक सन्र्दभ सामग्रीहरू प्रयोग गर्न पाउनेछन् ।
आर्थिक रुपबाट ग्रसित विद्यार्थीहरूका लागि पुस्तकालयले पठनपाठनमा सहयोग पु¥याउने छ । पुस्तकालयको  व्यवस्था बाट विद्यार्थी सङ्ख्या बढ्ने छ । शिक्षक, विद्यार्थीहरूमा पढ्ने उत्सुकता जाग्नुका साथै अध्यावधिक हुने बानीको विकास हुनेछ । विद्यालयमा शैक्षिक क्षति समेत कम हुनेछ ।

पुस्तकालय स्थापनाको औचित्य:-
विद्यार्थीहरू पुस्तकालयको प्रयोगबाट लाभान्वित हुनेछन विद्यार्थीहरू नियमित हुन सघाउ पुग्नेछ ।
शैक्षिकस्तर अभिवृद्धि गर्न मद्दत पुग्नेछ ।
पुस्तकालय सञ्चालनको लागि आर्थिक व्यवस्थापन ः
व्यवस्थित पुस्तकालयका लागि सरकारी, गैर सरकारी एवं विभिन्न क्षेत्र र स्रोतको खोजी गरी आर्थिक श्रोत जुटाइ पुस्तकालय व्यवस्थापन गरिनेछ भने विद्यालयबाट आफ्नो स्रोत र साधनले भ्याएसम्म व्यवस्थित गरिनेछ ।


पुस्तकालय सञ्चालन प्रक्रिया:-
पुस्तकालय सञ्चालनका लागि नियमहरू निर्माण गरिनेछ । तयार गरिएका नियमनानुसार पुस्तकालय सञ्चालन गरिनेछ ।
पुस्तकहरू वितरणका लागि कार्डको व्यवस्था गरिने छ ।
पुस्तक लैजान र ल्याउनको लागि समयको निर्धारण गरिनेछ ।
सवै विद्यार्थीहरू र अन्य पुस्तक प्रयोगकर्तालाई सहजै पुस्तकको व्यवस्था मिलाइ सवैलाई पुस्तकको पहुँचमा पु¥याइनेछ । पुस्तकहरू दर्ता गरी सूचीवद्ध रुपमा राखिने छ ।
आवश्यक जनशक्तिको रुपबाट सञ्चालन गर्न कर्मचारीको व्यवस्था गरिनेछ । कर्मचारीले पाउने पारिश्रमिकको व्यवस्था विद्यालयले मिलाइनेछ ।

भौतिक व्यवस्थापन:-
पुस्तकालयका लागि उपयुक्त कोठाको व्यवस्था गरिनेछ ।
कोठाको लम्वाइ, चौडाइ र उचाइ पुस्तकालयलाई चाहिने वा आवश्यक अनुसारको हुनेछ ।

पारदर्शिता:-
पुस्तकालय व्यवस्थापनलाई प्राप्त रकम शीर्षक अनुसार खर्च गरिनेछ । खरिद गरिएका सामग्रीको बील भौचर चुस्त दुरुस्त रुपमा राखी सार्वजनिक गरिनेछ । खरिद गरिएका पुस्तक अन्य सामग्री दर्ता गरी राखिनेछन् ।

पुस्तकको प्रकृति:-
पुस्तकालयमा राखिने पुस्तकहरू र आवश्यक पर्ने पुस्तकहरूको व्यवस्था गरिनेछ ।

कार्य योजना
माग गरिएको रकम ः  ६५०,०००।–
विद्यालयले बेहोर्ने रकम ः १०००००।–
कूल रकम ः ७,५०,०००।–

जिम्मेवार पक्ष:-
विद्यालय व्यवस्थापन समिति
शिक्षक अभिभावक संघ
विद्यालय प्रशासन समेेत रहनेे कुुरा प्रधानाध्यापक
गंगा बहादृुर महतलेे जानकाारी गराउनुुभएकोछ।
सम्पर्क ९८५२६८०३१०

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.