Websoft University

मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप फुटबल आज देखि:खेल तालिकासहित


झापा, माघ १५ गते । रातो तारा डट कम -
मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको फुटबल प्रतियोगिता झापा गोल्डकप शनिबारदेखि सुरु हुँदैछ ।
झापाको विर्तामोडमा रहेको डोमालाल रंगशालामा हुने उद्घाटन खेलमा शनिबार घरेलु टोली झापा ११ र शेर फुटबल क्लब भारत खेल्नेछन् ।

 उपाधि विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा सुदूरपश्चिम, रुपन्देही ११, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी र हिमालयन शेर्पा गरि १० टिम सहभागी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.