Websoft University

चिकित्सकलाई मेडिकल काउन्सिलले सचेत गराउने




बिराटनगर, पुस १७  गते । रातो तारा डट काम-
नेपाल मेडिकल काउन्सिलले प्रस्तावित नयाँ आचार संहितामा दोषि ठहरिएका चिकित्सकलाई सचेत गर्ने, बिरामी जाँच्न नपाउने, निलम्बन गर्ने, दर्ता खारेज गर्नेदेखि लिएर पाँच लाख रुपैयाँसम्म दण्ड जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयबाट अनुमोदन भएपछि यो लागु हुनेछ ।
सन् २००२ मा बनाइएको आचार संहिता अव्यावहारिक भएपछि नयाँ बनाउन लागिएको हो । काउन्सिलका इथिकल कमिटि अध्यक्ष डा. सतिश देवका अनुसार चिकित्सकको संख्या अत्यधिक वृद्घिका साथै व्यावसायिक आचारसम्बन्धी समस्या बढेकाले समयानुकूल आचार संहिता निर्माण गर्न लागिएको बताए । डेढ दशकअघि करिब तीन हजार पाँच सय चिकित्सक थिए, हाल १८ हजार पाच सय भन्दा बढी पुगिसकेका छन् ।
  
डा. देवका अनुसार संहिताले चिकित्सा अभ्यासलाइ नियम, कानुनको अधिनमा राख्दै, पेशाको स्तर निर्धारण गर्न सघाउने छ । संहिताअनुसार उपचार प्रकृयालगायत वारे चिकित्सकले बिरामीलाई सबै जानकारी राम्ररी बुझ्ने गरी दिनुपर्ने हुन्छ । सरकारले तोकेको सेवा शुल्कभन्दा बढी चिकित्सकले लिन पाउने छैनन् । चिकित्सकले बिरामीलाइ बढी पनि घटी पनि औषधि लेख्न पाउने छैनन् । अनावश्यक एन्टिबायोटिक लगायत नचाहिने महंगो औषधिहरु प्रस्तावित गर्ने चिकित्सकलाई कानुनी दायरामा ल्याइनेछ ।
 
विना लाइसेन्स काम गर्ने विदेशी चिकित्सकलाई सशक्त छानबिनसागै कारवाही गरिनेछ । औषधि कम्पनी र चिकित्सकको सम्बन्धलाइ पारदर्शी बनाइनेछ । अब चिकित्सकले शैक्षिक कारण बाहेक विदेश घुम्न वा कुनै सभा सम्मेलनमा जाँदा औषधि कम्पनीको लगानी नभएको खुलस्त पार्नु पर्नेछ । मेडिकल काउन्सिलको लाइसेन्स परिक्षामा अनुत्तिर्ण हुने स्नातक र स्नातकोत्तर दुवै तहका चिकित्सकले चिकित्सा सेवा संञ्चालन गर्न पाउने छैनन् । 

कान्तिपुर अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.