बिराटनगर, पुस १७ गतेे ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीसँग गुण्डा, डन र अपराधी डराउनु पर्ने बताउनु भएको छ । उहाँले नागरिक र प्रहरी एक जुट हुने हो भने अपराध न्यूनीकरण हुने दाबी गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाको नवनिर्मित भवन, सिसि टिभी र पुस्तकालयको शनिबार उद्घाटन गर्नु हुँदै उहाँले गुण्डा, डन र अपराधीलाई कुनै हालतमा उन्मुक्ति नदिने पनि बताउनु भयो ।
अर्यालले प्रहरीले समयानुकुल परम्परागत धारणालाई परिवर्तन गदै प्रहरी अघि बढेको बताउनु भयो । उहाँले प्रहरी दिन रात जनताको शान्ति सुरक्षामा तल्लीन भएको बताउनु हुँदै यसमा जनताको पनि सहयोग उतिकै रहेको बताउनुभयो।
अहिले आधुनिक सञ्चारको युगसँगै अपराध पनि नया ढंगले हुने गरेको बताउँदै उहाँले यसमा समाजले सजकता अपनाउन सके अपराधीको मनोवल कमजोर हुने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीले नेपाल प्रहरीले शान्ति सुरक्षा मात्र नभएर विकास निर्माणमा पनि त्यतिकै लागेको बताउनु भयो ।
Post a Comment