Websoft University

साइबर क्राइम अभियोगमा पत्रकार थपलिया पक्राउ



बिराटनगर मङ्सिर ९ गते ।
साइबर क्राइम अभियोगमा सिरहा गोलबजारका पत्रकार अर्जुन थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिविआई) को विशेष टोलीलेे गिरफ्तार गरेको छ ।

गोलबजारको मुख्य चोकबाट घर गईरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ ।

पत्रकारीताको आडमा अरुको चरित्र हत्या गर्ने उद्देश्य सहित विभिन्न सामाजिक संजाल (फेस बुक) मा लेखेको, दशैं तिहार र नयाँ वर्षमा मात्र निस्किने पत्रिकामा लेखेको भन्दै पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देवकुमार यादवले मुद्दा दायर गरेपछि पत्रकार थपलीयालाई पक्राउ गरेको जनाएको छ ।

उनले आफ्नो सामाजिक प्रतिष्ठामा नै आचपुग्नेगरी फेसबुकमा लेखेपछि मुद्दादिन बाध्य भएको बताएको छ । पत्रकार महासंघका अध्यक्ष यादवले अरुलाई त्यसरी सामाजिक प्रतिष्ठामा आँच आउने गरी फेसबुकमा लेख्ने जोकोहीलाई कार्वाही हुनु पर्ने बताएको छ ।

उनले पत्रकारीताका आचासंहिता विपतरित पत्रकारीताको आडमा जे लेख्दा पनि हुन्छ भन्ने मानसिकताले व्यक्तिको चरित्र हत्या गर्ने उदेश्य सहित लेखेको प्रति खेद व्यक्त गर्दै कडा कार्वाहीको माग गरेको छ ।

पत्रकारीताको धर्म नै विर्षेर व्यक्ति चरित्रहत्यामा उत्रिनु कुनैपनि हालतमा पत्रकाहिरता नभएको भन्दै मधेश मिडिया मिसन, प्रेस मञ्च, प्रेस सेन्टर लगायतका संगठनहरुले कार्वाहीको माग गरेको छ । पत्रकारीतालाई नै धुमिलो पार्ने क्रियाकलाप गर्ने, पत्रकारीताको आडमा व्यक्तिगत स्वार्थ पुरा गर्ने तत्वलाई कार्वाही गरिनु पर्ने उनीहरुले माग गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.