Websoft University

राप्रपाको छलफल जारी छ



काठमाडौं, मंसिर ९ गते ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा राप्रपामा आज पनि छलफल जारी छ । राजधानीमा बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

‘दुई पार्टीवीच एकीकरण भएपछि सुरु भएको केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्’, उहाँले भन्नुभयो, ‘आजको बैठकमा शीर्ष नेताहरूले धारणा राखेपछि बैठक विभिन्न निर्णय गरेर सकिनेछ ।

दुई राप्रपावीच एकीकरण भएपछि पहिलो पटक संयुक्त बैठक बसेको हो । बैठकले सांगठनिक विषयमा पनि निर्णय गर्ने बताइएको छ । बैठक सक्किएपछि आजै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने सदस्य गिरीले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.