Websoft University

सवारी दुर्घटनामा दुई घाइते भएकाछन भने एक जना मृत फेला परेकाछन


मोरङ, मंसिर ९ गते।
मोरङको विराटनगर-६ स्थित मुनाल पथमा बुधबार को २१ प ५४५५ नम्बरको  स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा स्कुटर चालक विराटनगर-५ बस्ने शैलेश भट्टराई
र पछाडी सवार सोही ठाउँका ३० बर्षिय केवल देवान रहेका छन्।  घाइते दुवैजनाको विराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ।

त्यसैगरी मोरङको बयरबन ९ बस्ने २२ बर्षिय गणेश राई बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएकोछ।
मंगलबार बेलुका घरबाट हिडेका राई नफर्किएपछी खोजी
गर्ने क्रममा बुधबार साँझ बयरबन स्थित फलैचा चेकमा उनी मृत अवस्थामा भेटिएका हुन्।

घटना बारे स्थानियले  इलाका प्रहरी कार्यालय पथरीमा खबर गरेपछी प्रहरीको टोली  खटिगइ थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.