Websoft University

कडा आन्दोलनमा उत्रने चेतावनी




उदयपुर, मंसिर ९ गते ।
संघीय समाजवादी फोरम पार्टीका नेता अशोक राईले अंगिकृतलाई राज्यका प्रमुख पद दिने गरि संविधान संशोधन गनुपर्ने आफ्नो माग नभएको स्पष्ट पार्नुभएको छ ।

कार्यकर्ता भेटघाटको लागि बुधबार बेलुका गृह जिल्ला उदयपुर आइपुगेका राईले बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैवाहिक अंगिकृतको सम्बन्धमा अन्तरिम संविधानअनुसार संशोधन हुनु पर्ने भन्ने गठबन्धनको माग रहेको बताउनुभयो । उहाँले अंगिकृत नागरिकताको बारेमा मधेसका समस्या समाधान गर्न नचाहने दल र व्यक्तिले हल्ला फिजाएको आरोप लगाउनुभयो ।

संविधान संशोधनको प्रसंगमा नेता राईले एक हप्ताभित्र संविधान संशोधनको प्रक्रिया सुरु नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । आन्दोलन कस्तो रहने भन्ने बारेमा भने उहाँले केही बताउनुभएन ।

वर्तमान सरकारप्रति लचक देखिएका राईले अहिलेका प्रधानमन्त्रीले संविधान संशोधनको छलफल अघि बढाई रहनु भएकाले केही आशा पलाएको बताउनुभयो । ‘मैले देखेको प्रधानमन्त्रीले जुन ढंगले संशोधनको बातावरण बनाउन लाग्नु भएको छ त्यसमा मलाई आशा छ’ नेता राईले भन्नुभयो, ‘संविधानमा भएका त्रुटि हटाउने प्रतिबद्धताका साथ प्रधानमन्त्री लाग्नु भएकाले संशोधन हुने मैले देखेको छु ।’

उहाँले राष्ट्रिय एकतालाई सुदृढीकरण गर्न संविधान शंसोधन आवश्यक रहेकाले सहमतिमा नै शंसोधन प्रक्रिया अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अघिल्लो संविधान सभाको स्वामित्व ग्रहण गर्दै राज्य पुनर्संरचना सम्बन्धी डा. मदन परियारको नेतृत्वमा रहेको उच्चस्तरीय आयोगले दिएको सुझावका आधारमा अगाडी बढनु पर्ने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.