Websoft University

चार दिन देखि बिद्युत लाइन अवरुद्ध, प्राधिकरणको ढिलाईले समस्या भएको गुनासो



मंसिर ९ गते ।
भोजपुर आगलागी पछि अवरुद्ध भएको बिद्युत लाइन मर्मत भई नसकेको भन्दै प्राधिकरणले बिद्युत सेवा संचालन नगरे पछि स्थानियले अस्थायीरुपमा भए पनि सेवा सुचारु हुनु पर्ने बताएका छन ।

भोजपुर सदरमुकामको भोटेपसलमा आइतवार बेलुका भएको आगलागीबाट बिद्युत सेवा प्रभावित बनेको भए पनि प्राधिकरणले बुधवारसम्म पनि बिद्युत सेवा पुन सुचारु गर्न नसकेको स्थानिय कृष्ण प्रधानले बताए । उनले भने प्राधिकरणले चार दिन भैसक्दा समेत अस्थायीरुपमा भए
पनि बिद्युत सेवा संचालनका लागि चासो नदेखाउँदा स्थानिय अध्यारोमा बस्न बाध्य भएका छन ।


बिद्युत लाइनमा मर्मतको कार्य भैरहेको प्राधिकरणले जनाए पनि बिद्युत सेवा सुचारु हुने टुंगो भने नदेखिएको स्थानिय संजिव कार्कीले बताए । उनले भने बिराटनगरबाट आएको केवल तार टाग्ने कार्य सकिए पछि मात्र बिद्युत लाइन सुचारु हुने प्राधिकरणका प्रमुखले जनाए पछि बिद्युत सेवा सुचारु हुन नसकेको हो । लाइन सुचारु नहुदाँ आगलागी क्षेत्रका साथै भोजपुर नगरपालिकाको पोखरे क्षेत्रको समेत बिद्युत सेवा अवरुद्ध बन्न पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.