Websoft University

बैंकको सहमति पत्रमा हस्ताक्षर

असोज १५ गते । काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले रिलायबल डेभलपमेण्ट बैङ्कलाई एक्वायर गर्ने भएको छ ।
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमबीच बैङ्कलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैङ्कका तर्फबाट अध्यक्ष  चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेण्ट बैङ्कका तर्फबाट अध्यक्ष  राधेश्याम अग्रवालले हस्ताक्षर गरेका हुन् ।

रिलायबल डेभलपमेण्ट बैङ्कलाई ग्लोबल आइएमई बैङ्कले एक्विजिसन गरेपछि बैङ्कको कुल चुक्ता पूँजी रू. ८ अर्बभन्दा बढी हुने साथै कुल निक्षेप रू.८८ अर्ब, कर्जा लगानी रू. ७४ अर्ब र १ सय ११ ओटा शाखा कार्यालय पुग्ने  बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै बैङ्कबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महीना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.