Websoft University

हाईवे अतिक्रमण गर्दै आयल निगमका ट्यांकर




गणेश शिवाकोटी, असोज १५ गते । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको लापर्वाहीका कारण कोशी राजमार्ग (हाईवे) मा ठूलो जोखिम बढ्दै गएको छ ।

दैनिक सयौंको संख्यामा आयल निगमले तेलको ट्यांकरलाई क्षेत्रीय कार्यालय विराटनगर अगाडि रहेको राजमार्गमा २४ सै घन्टा पार्किंग गर्ने गरेको छ । आयल निगमले ट्यांकर पार्किंगको लागि स्वयं व्यवस्था गर्नुपर्नेमा राजमार्गमा पार्किंग गर्ने गरेका कारण सो क्षेत्रमा आवागमनमा बाधा उत्पन्न हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेर गएको छ ।

सडक विस्तार गरिएपछि विस्तारित सडक क्षेत्र आयल निगमका ट्यांकर पार्किंग गर्ने स्थल बन्न पुगेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । सो क्षेत्रमा रहेका होटल व्यवसायीहरु पनि ट्याँकर पार्किंगले असुविधा हुनुका साथै प्रदूषण बढेको बताएका छन् ।

राजमार्ग नै अतिक्रमण गरेर गाडि तेस्र्याइएका कारण बाटो कट्नका लागि पनि असुविधा भएको स्थानीयको भनाई छ । सडकमा असरल्ल रुपमा पार्किंग गरिएका ट्यांकरले राजमार्गमा दौडिएका सवारी छेक्ने र सडक कट्न खोज्दा दुर्घटना मोल्नुपर्ने भनाई स्थानीयको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.