Websoft University

राजघाटमा आजबाट फुटवल हुदै



बिराटनगर, असोज  १४ गते । मोरङको राजघाटमा वडा दशैं तथा शुभदिपावलीको पावन अवसर पारेर आज शुक्रवारबाट मोरंङको राजघाटमा अन्तर वडा स्तरीय नकाउट फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

राजघाट स्पोर्टिङ क्लवको आयोजनामा अरनिको उच्च माविको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र ४ ले प्रतिस्पर्धा गर्नेछन् ।

खेलको विजेताले नगद २० हजार ट्रफि,प्रमाणपत्र मेडल र उपविजेताले नगद १२ हजार ट्रफि प्राप्त गर्ने आयोजक अध्यक्ष Ratan Mg ले बताउनुभयो ।

खेलको उद्घाटन प्रमुख अतिथी राजघाट गाविसका सचिव नबराज पराजुलीले गर्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.