Websoft University

एकीकृत नयाँ बिकस बैंकको कारोबार सुरू


काठमाडौं,भदोै १९ गते । सोसाइटी डेभलपमेण्ट बैंकको र भिबोर विकास बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेण्ट बैंकले शुक्रवारबाट एकीकृत कारोबार शुरू गरेको छ । एकीकृत नयाँ विकास बैंकको शुक्रवाटै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे । गाभिएपश्चात् सो बैंकको चुक्तापूँजी रू. १ अर्ब ८१ करोड ५० लाख पुगेको छ । यस आधारमा यो बैंंक सबैभन्दा ठूलो विकास बैंक भएको छ ।
एकीकृत बैंकको कुल निक्षेप रू. १४ अर्ब ७ करोड रहेको छ भने कर्जा रू. ११ अर्ब ४१ करोड पुगेको छ । त्यसैगरी, बैंकको ४२ शाखा, एउटा एक्स्टेन्सन काउण्टर र १२ ओटा एटीएम छन् । यो पनि विद्यमान विकास बैंक मध्येको सबैभन्दा ठूलो सञ्जाल हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय साविकको सोसाइटी डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालय रहेको ठाउँ डिल्लीबजारमा रहने बताएको छ ।
बैंकको सञ्चालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा झलकप्रसाद खनाललाई नियुक्त गरिएको छ । सञ्चालक समितिका सदस्यमा अशोकराज पाण्डे, डा. रूप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारीरहेका छन् ।
२०७३/०५/१९ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.